नेपाल फिजिकल ट्रेनिङ एशोसियसन प्रदेश समिति बागमतिको पाँचौ अधिवेशन सम्पन्न ।
नेपाल फिजिकल ट्रेनिङ एशोसियसन प्रदेश समिति बागमतिको पाँचौ अधिवेशन, पोखरामा सम्पन्न गरि नयाँ कार्यसमिति निर्वाचित गरिएको छ।
नेपाल फिजिकल ट्रेनिङ एशोसियसन प्रदेश समिति बागमतिको पाँचौ अधिवेशन, ढिकिडाँडा रिसोर्ट पोखरा, कास्किमा यहिँ मिति २०८३ भदौ ५ गते शुक्रबार को दिन नेपाल फिजिकल ट्रेनिङ एशोसियसन संघिय समिति पोखराका संरक्षक मिनराज गुरुङ ज्युको प्रमुख आतिथ्य र संघिय समितिका विशिष्ट अतिथि ज्युहरुको उपस्थितिमा सम्पन्न गरिएको छ। यस प्रदेशका सम्पुर्ण सदस्यहरुको सहभागितामा बन्द सत्र पछिको निर्वाचन प्रक्रियामा कुनै पनि विवाद बिना सर्वसम्मतले १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिेएको छ। नयाँ कार्यसमितिको कार्यकाल तिन वर्ष रहनेछ। यस कार्यसमितिले लाहुरे तालिमका निम्ति स्थापना भएका ३१ वटा सदस्य तालिम केन्द्रहरुको विभिन्न समस्याहरु लगायत व्यावसायिक प्रवर्दन को निम्ति काम -कारबाहि गर्नेछ।
नयाँ कार्यसमितिका पदाधिकारि ज्युहरुः
१. अध्यक्षः नविन गुरुङ
२. उपाध्यक्षः डम्बर तुम्रुक
३. सचिवः अजय राई
४. कोषाध्यक्षः प्रविन बम मल्ल
५. सह-सचिवः मनोज राई
६. सदस्यः प्रकाश गुरुङ
७. सदस्यः सचिन तामाङ
८. सदस्यः एडिसन राई
९. सदस्यः धिरेन तामाङ
१०. सदस्यः लोकेन्द्र गुरुङ
११. सदस्यः सुजन राई
१२. सदस्यः नविन सुनुवार
१३. सदस्यः सन्जय राई
स्रोतः नेपाल फिजिकल ट्रेनिङ एशोसियसन प्रदेश समिति बागमति, काठमाण्डौ , नेपाल
NPTA ADMIN
Published Aug 25, 2026